

गुरुङको शब्दमा रहेको गीतमा गायक प्रराज पौडेलको आवाज रहेको छ । त्यस्तै गुरुङले आफ्नै गीति एल्बम ‘भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीतलाई युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गीतमा निल गुरुङको संगीत रहेको छ भने अहिलेका ब्यस्त संगीत संयोजक सुमन केसीको संगीत संयोजन रहेको छ ।
भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने हरी हुमागाईँद्वारा छायांकन गरिएको हो । गीतको भिडियो सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :