निकैनै चर्चित गीतहरु गाएर दर्सक तथा स्रोताको मनमा बस्न सफल संचारकर्मी तथा गायक दिपेन्द्र थिङ् र् नेपाली सांगीतिक आकाशका चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भखरै सार्वजनिक भएको छ । “ओइ माया गर्ने वाली” बोल्को गित युटुब मार्फत सार्वजनिक गरिएको हो जस्मा एकनारायण अर्यालको शब्द भेट्न सकिन्छ ।
अहिलेकी हट नायिका तथा मोडलकेकी अधिकारी सँगै “ओइ माया गर्ने वाली” बोल्को गितमा लोकेन्द्र तामांग , रेशा र रामचन्द्रले निकैनै ससक्त रुपमा अभिनय गरेका छन । गीत मा संगीत भने नेपाली सांगीतिक क्षेत्रका गायक तथा संगीतकार वंचु फ्युबा तामांगले गर्नु भएको छ।
चर्चामा रहेका निर्दसक अजय श्यंगतान ले निर्दसन गर्नुभएको उक्त गीत लाई संकल्प भुजेलले छायाकन गर्नु भएको हो । पोस्ट प्रोडक्सोन भने पेर्फोर्मिङ आर्ट क्रिएसनले गरेको हो । “ओइ माया गर्ने वाली” गीतका टिमलाई फिल्मी पाटीको तर्फ बाट लाखौं लाख शुभकामना ।

