चितवन र यस आसपासका स्रोताहरुका लागि दिपेन्द्र थिङ नौलो नाम हैन । सञ्चारमाध्यमा बारम्बर गुञ्जिने उनको स्वर र नामसँग अधिकांश परिचित छन । तर अब उनी सञ्चारकर्मी मात्रै रहेनन् , अब उनी गायक बनेका छन । उनले आफ्नो पहिलो एल्बम ‘दि ट्राजिटी’ छिट्टै सार्वजनिक गर्ने तयारीमा छन । नेपाली पप बिधाको यस एल्बमको एक गीत मुटु छिया छिया स्रोतामाझ गुञ्जिरहेको छ । गीतलाई सबैले मन पराएका छन । गीत सुनेपछि धेरैले दिपेन्द्रको तारिफ गरेका छन । स्रोतहरुले गीत मन पाएकै हुनाले म्युसिक भिडिओ तयार गरिएको उनले बताए ।भिडियो हालै सार्बजनिक गरिएको छ l 
भिडियो लाई बुलबुल मिडियाको प्रस्तुति मा रमेश बस्नेत र प्रबिन्द्र काफ्ले ले निर्देसन गरेका हुन् l क्यामरा पनि दुवै निर्देसक ले चलाएका छन् l रमेश को सम्पादन मा भिडियो लाई नारायणी क्रियसनले तयार परिएको हो l गायक दिपेन्द्र थिङको स्वर, शब्द र सँगीतमा रहेको गीतमा रंगकर्मी ज्ञानेन्द्र तामांग प्रेममा धोका खाएको प्रेमीको रुपमा देखिएका छन । उनीसँगै मन्जिता श्रेष्ठ, अनुज, सुशील र रवि पनि भिडियोमा देखिएका छन् । यसबाट निकै हर्षित छन उनी । तामाङको छोरो भएर पनि मुलधारको संगीतिक एल्बमको तयारीमा रहेका उनी आफ्ना संस्कृतिलाई पनि नभुल्ने बताउछन । पहिलो एल्बम पप जनराको भएपनि अगामी दिनमा सेलो र तामांग गीतसमेत गाउने उनको भनाई छ ।
सानैदेखि गीतसँगीतमा रुचि राख्ने उनले गीत गाउन थालेको पनि धेरै भयो । सुरुमा विभिन्न स्टेज तथा कार्यक्रमहरुमा गीत गाएर तारिफ कमाउने गरेका उनको यात्रा बल्ल एल्बमसम्म पुगेको हो । सँगीतमा अझै धेरै गर्न बाँकी रहेको र निरन्तर मिहेनत गरिरहने उनको अठोट छ ।
गीतसँगीतसँगै सञ्चारकर्मलाई पनि नछाड्ने उनले बताए । यहाँसम्म आइपुग्न सञ्चारमाध्यमको ठुलो भुमिका रहेको र सञ्चारमाध्यमकै कारण गीतसँगीतमा लगाव बढेकाले यसलाई निरन्तरता दिने उनको योजना छ । अगामि दिनमा दर्शक र स्रोताको चाहना अनुरुप गीतसँगीत लिएर आइरहने नेपाली ग्रुप संग कुरा गर्दै उनले बताए ।
गीतसँगीतसँगै सञ्चारकर्मलाई पनि नछाड्ने उनले बताए । यहाँसम्म आइपुग्न सञ्चारमाध्यमको ठुलो भुमिका रहेको र सञ्चारमाध्यमकै कारण गीतसँगीतमा लगाव बढेकाले यसलाई निरन्तरता दिने उनको योजना छ । अगामि दिनमा दर्शक र स्रोताको चाहना अनुरुप गीतसँगीत लिएर आइरहने नेपाली ग्रुप संग कुरा गर्दै उनले बताए ।
भिडियो हेर्न तल Click गर्नुहोस
