Home » » पिटिए सम्झौताले देश विकासको ढोका खुल्यो : उर्जामन्त्री

पिटिए सम्झौताले देश विकासको ढोका खुल्यो : उर्जामन्त्री

भदौ २१ - उर्जामन्त्री राधा ज्ञावलीले भारतसँग भएको उर्जा ब्यापार सम्झौता अर्थात पिटिएले मुलुकमा विकासको ढोका खोलेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उहाँले एमाओवादीसहित सबै राजनीतिक दलहरुको सहमतिमा पिटिए गरेको जानकारी दिँदै यो सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चीन र दक्षिण एसियाको लगानीको ढोका खुलेको बताउनुभयो ।

उर्जामन्त्री ज्ञावलीले उर्जा उत्पादन मात्र भन्दा पनि त्यसलाई विक्री पनि गर्नु पर्ने भएकोले सम्झौताले उर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी समेत आकर्षित हुने विश्वास ब्यक्त गर्नुभयो । सचिव स्तरमा गरिएको उर्जा ब्यापार सम्झौतालाई अब बस्ने पहिलो  मन्त्री परिषदको बैठकले अनुमोदन गरेर संसदमा पेश गर्ने जानकारी दिँदै परियोजना विकास सम्झौता अर्थात पिडिए पनि गर्ने तयारी भईरहेको बताउनुभयो । ज्ञवालीले लाईसेन्स लिएर उत्पादन नगरी झोलामा खोला बोकेर हिड्नेको लाईसेन्स रद्द गर्न अख्तियारले दिएको निर्दैशन यथाशिघ्र चाँडो कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger