चितवन—२१ भदौ,चितवनमा विषाक्त खानाका कारण तीनजनाको मृत्युभएको छ । यही भदौ १७ गते विषाक्त खाना खाएपछि गम्भीर भएर चितवन मेडिकल कलेजमा ल्याइएका तीनजनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको हो ।
अस्पतालले दिएको जानकारीअनुसार अन्य चार जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रौतहट घर भई चितवन मङ्गलपुर बस्दै आएका २१ वर्षका मेघन पण्डित, ३५ वर्षका रामकेवल पण्डित र २० वर्षका विवेक पण्डित रहेका छन् । उनीहरूसँगै अन्य नौ जनाले मङ्गलपुरमा माछासँगै खाना खाएपछि उनीहरू गम्भीर बिरामी परेका थिए । उनीहरूको विषाक्त खानाका कारण मृत्युभएको अस्पतालले जनाएको छ । उनीहरू मजदुरीका लागि चितवन आएका थिए । तीनै जनाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
विषाक्त खानाका कारण तीनको मृत्यु

Related Articles
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.