Home » » आज राष्ट्रिय बाल दिवस

आज राष्ट्रिय बाल दिवस

२९ भदौ, आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘बालबालिकाका कुरा सुनौं, बाल दुव्यवहार अन्त्य गरौं’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् ।

 सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि अधिकारबाट बञ्चित भएका बालबालिकाको अवस्था भने सुधार हुन सकेको छैन् । 

 बालअधिकारकर्मीका अनुसार देशका विभिन्न ठाउँमा बाल श्रमशोषणका घटना जारी रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको बताएका छन् । साथै काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिकार रहेको 
छ । बालअधिकार स्थापना गर्ने भन्दै नेपालले बालअधिकार सम्बन्धी सम्युक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो ।

 दिवसकै अवसरमा ‘बाल यौन दुव्र्यवहार अपराध हो, होसियार होऔं, उजुरी गरौं’ भन्ने नाराका साथ बालयौन दुव्र्यवहार विरुद्धको राष्ट्रिय अभियानको सुरुवात भएको छ । उक्त अभियान अन्तर्गत चेतनामूलक अन्र्तक्रिया तथा विद्यालयमा गएर चेतनामूलक कार्यक्रम गरिनेछ ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger