
अघिल्ला वर्षहरुमा बाँके, वर्दिया लगायतका
जिल्लाबाट खसीबोका ल्याउने गरिएपनि यस वर्ष बाढी कारण बाटो विग्रिएपछि
नल्याइने भएको हो । यस वर्ष चितवन, सिरहा , सप्तरी लगायतको तराइका जिल्ला र
काठमाण्डु आसपासका क्षेत्रबाट खसी बोका ल्याइने खाद्य संस्थानका प्रवक्ता
नवराज उपाध्यायले बताउनु भयो ।
गएको वर्ष २५ किलो भन्दा माथिका खसी
बोकालाई किलोको ३ सय २५ र २५ किलो भन्दा कम तौल भएका खसीबोका किलोको ३ सय
रुपैयाका दरले बिक्री गरिएको थियो ।