
बुवालाई त दैव आफैले खोसेर लग्यो, बाँकी आमाले पनि जिउँदै टुहुरो बनाएर जानुभयो ।’ - देबराज राई खोटाङ् (मौवाबोटे), बुवालाई त दैव आफैले खोसेर लग्यो, बाँकी आमाले पनि जिउँदै टुहुरो बनाएर जानुभयो ।’ सानो एकतले खरले छाएको घरभित्र आफ्ना छ जना साना भाइबहिनीसँँग बस्दै आएकी १४ वर्षीया बालिका जुना राई कुनामा बसेर सुक्क–सुक्क रुदै माथिको दृष्य बैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका खोटाब मौवाबोटे दाप्सा ५ का स्थानीय होमबहादुर राई भीमकुमार’ (३२) को मृत्यु भएपछि परिवारको औपचारिक रुपमा ७ कक्षासम्म मात्रै अध्यायन गरेका भीम प्राबिधिक कार्यमा पोख्त भएकाले गाउँकै कमाइँले परिवारको सामान्य आर्थिक भार धान्दै आएका थिए । बदलिदो परिस्थती र घर परिवारको दैनिक गर्जो सहज रुपमा टार्न नसकिने भन्दै बिदेशमा केही कमाएर ल्याउँने सोचका साथ बिदेशिएको उनका आफ्नै कान्छा काकाका छोरा प्रेमबहादुर राईले बताए । राईका अनुसार भीमले बाहिर जादा लिएर गएको साउको पैसा केही भुक्तानी गरिसकेका थिए भने केही बाँकी नै थियो । त्यस्तै जादा बीमा गरेको रकम प्राबिधिक समस्या देखाउदै अहिलेसम्म नदिएको परिवारले जनाएको छ । अहिले तिर्न बाँकीका साउले दिनदिनै घर धाउँने गरेको जुनाले दुखेसो पोखिन् । बुवा, आमा एकैपटक गुमाएपछि कक्षा ८ मा पढ्दै गरेकी जुनाले बीचैमा विद्यालय छाडेकी स्थानीय शिद्वेश्वरी प्राविका प्रधानाध्यापक बासुदेव आचार्यले जानकारी दिए । प्रअ आचार्यका अनुसार जुनासँगै अन्य भाई बहिनीहरु पनि नियमित स्कुल आउँन सकिरहेका छैनन् । आफूलाई विद्यालय जान रहर भएपनि बाध्यताले रोकेको जुना उताउँछिन् । त्यस्तै आर्थिकलगायतका समस्याले कलम, कापी पोषाकलगायतका सामग्री जुटाउन नसक्दा भाई बहिनीहरुलाई पनि स्कुल पठाउन नसकेको उनले सुनाईन् । उनीहरु अध्ययनरत विद्यालय प्रशासनका अनुसार सुदिप (१२), सुनिल (१०), मुना (९), निलिख (८) र पुजना (६) नियमित पठनपाठनबाट बञ्चित भएका छन् । थोरै जमिन । वर्षभरी उत्पादन भएकोले ५ जसोतसो महिना खान पुग्छ । दूधे भाईबहिनीको स्याहार गर्दै दिन बित्ने जुनाका बृद्व बाजे लालबहादुर मधेस खेत गरेर दिभरीमा चुल्होका लागि सामान जुटाएर सहयोग गर्ने गरेका छन् । उनी स्वयं पनि किशोरावस्थामा शिकार खेल्न जब्गल जादा साथीले बोकेको हतियार पड्कदा घाइते भएका थिए । लाउ खाउकै उमेरमा जीवनसब्गीनिले छाडेर गइन्, एउटा छोराको आशमा बसेको आज यो गति भयो’ भीम सानो छदैखेरी उनका आमाको पनि मृत्यु भएको स्मरण गर्दैजाँदा रसाएका आखा लुकाउँदै लालबहादुरले भने, निमुखा, गरिब–दुःखीकै पीडामा दैव पनि रमाउने ।’ उमेर अवस्थाका कारण आफू धेरै नरहे साना बालबालिकाको भविष्य पानीमा झोसेको अगुल्ठो’ जस्तै हुँने दुखेसो पोख्छन् । (फोटो क्याप्सन ६ नातिननीनासहित लालबहादुर (बाँया) ।