Home » » श्रमिक बरालको मौन आकाश

श्रमिक बरालको मौन आकाश

भदौ २१– गीतकार श्रमिक बरालको गीति संग्रह ‘मौन आकाश’को विमोचन भएको छ । ऐरावती प्रकाशन प्रा.लि. द्वारा प्रकाशित गीत सङ्ग्रह वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमले विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिले स्रष्टाले कुनै पनि समयमा सिर्जना गर्न सक्ने बताउँदै आफू निजामती सेवामा आधा समय बिना सिर्जनामा बिताएकामा पछुतो लागेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमले गीत स्रष्टाका भावना र सङ्गीतको सुर लागेपछि उत्कृष्ट बन्न सक्ने बताउँदै थोरै स्रष्टाका सिर्जनाले मात्र सङ्गीतसँग सामिप्यता गर्न पाएको बताउनुभयो ।
मौन आकाश गीत सङ्ग्रहका स्रष्टा श्रमिक बरालले स्रष्टा हृदय र भोक्ता हृदयबिच तादाम्यता हुन सकेमा गीतको भावना बुझ्न सकिने बताउँदै देखेका, भोगेका, सुनेका र पढेका आधारमा गीत सिर्जना गरेको बताउनुभयो । गीत सङ्ग्रहमा जननी, जन्मभूमि, पिरती र नियति खण्डमा ५१ गीत सङ्ग्रहित छन् । आमाको ममता र पाएको विछोड, जन्मभूमिप्रति गर्नु पर्ने कर्तव्य, माया पिरतीका उतारचडाव, देश प्रेम, सन्तानले देश छाडेपछि बाबुआमाले भोग्नु परेका पीडा, देशलाई माया नगर्ने वर्तमान पिढींको मनोदशा र देशले भोग्नु परेको नियतिसम्बन्धी गीतहरू रहेका छन् ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger