Home » » काजोलको चकलेटी चाहना

काजोलको चकलेटी चाहना

 अर्घाखाँची खनदह गाविस काभरनेटामा १८ वर्ष अघि जन्मिएकी काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी नवप्रतिभा हुन् । मोडलिङमा लागेको करिब ६ महिना मात्र भए पनि यो समयमा उनले नेपालका चल्तीका गायकगायिकाहरुको गीतको भिडियोमा अभिनय कला देखाइसकेकी छन् । काजोलले गायिका अञ्जु पन्तको ‘जबसम्म मैले सास फेरिरहन्छु’, गायिका माण्डवी त्रिपाठीको ‘खोक्रो खोक्रो भयो जिन्दगीमा’ खुमन अधिकारी र पूर्णकला बिसीको तीज गीतलगायतका गीतमा आफ्नो प्रतिभा प्रष्फुटन गराइसकेकी छन् । अर्घाखाँचीकै आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर ल्याब असिसटेन्टको पढाईलाई पूर्णता दिएकी काजोललाई मोडलिङ क्षेत्रमा आउन परिवारले पनि कहिल्यै अवरोध गरेन । ‘सानैदेखि मोडलिङमा रुची भएकोले गर्दा पनि परिवारले पूर्ण समर्थन गरे,’हाल पाल्पामा प्रकाश ढकालको निर्देशनमा बनिरहेको सर्ट फिल्म ‘फलामको बाटो’मा अभिनयरत काजोलले भनिन्,‘विद्यालयमा हुने वार्षिकोत्सवका कार्यक्रममा गीत गाउँने, नाँच्ने र अभिनय पनि गर्ने भएकाले त्यही बेलादेखि नै मनोरञ्जनको क्षेत्रमा काम गर्ने रहर थियो ।’ काजोलको चकलेटी चाहना काठमाडौं । अर्घाखाँची खनदह गाविस काभरनेटामा १८ वर्ष अघि जन्मिएकी काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी नवप्रतिभा हुन् । मोडलिङमा लागेको करिब ६ महिना मात्र भए पनि यो समयमा उनले नेपालका चल्तीका गायकगायिकाहरुको गीतको भिडियोमा अभिनय कला देखाइसकेकी छन् । काजोलले गायिका अञ्जु पन्तको ‘जबसम्म मैले सास फेरिरहन्छु’, गायिका माण्डवी त्रिपाठीको ‘खोक्रो खोक्रो भयो जिन्दगीमा’ खुमन अधिकारी र पूर्णकला बिसीको तीज गीतलगायतका गीतमा आफ्नो प्रतिभा प्रष्फुटन गराइसकेकी छन् । अर्घाखाँचीकै आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर ल्याब असिसटेन्टको पढाईलाई पूर्णता दिएकी काजोललाई मोडलिङ क्षेत्रमा आउन परिवारले पनि कहिल्यै अवरोध गरेन । ‘सानैदेखि मोडलिङमा रुची भएकोले गर्दा पनि परिवारले पूर्ण समर्थन गरे,’हाल पाल्पामा प्रकाश ढकालको निर्देशनमा बनिरहेको सर्ट फिल्म ‘फलामको बाटो’मा अभिनयरत काजोलले भनिन्,‘विद्यालयमा हुने वार्षिकोत्सवका कार्यक्रममा गीत गाउँने, नाँच्ने र अभिनय पनि गर्ने भएकाले त्यही बेलादेखि नै मनोरञ्जनको क्षेत्रमा काम गर्ने रहर थियो ।’
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger