Home » » खेतमा काम गरेको ज्याला माग्न गएकी बालिका बलात्कृत

खेतमा काम गरेको ज्याला माग्न गएकी बालिका बलात्कृत

तेह्रथुम, भदौ २१ - चौध वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ईवा ६ का ३२ वर्षका रमेश आले मगरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाकी आमाले आफ्नाी नावालक छोरीलाई रमेशले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । खेतमा काम गरेको ज्याला लिन गएकी बालिकालाई रमेशले कोठा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । पीडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा रमेशलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयतर्फ पठाईएको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger