भदौ २२ , चितवन । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् ।
किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्, नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागत भन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेको नागरिक दैनिकमा खबर छ ।
राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० दृखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ ।कुखुराको मासुको मूल्य घट्यो
भदौ २२ , चितवन । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् ।
किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्, नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागत भन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेको नागरिक दैनिकमा खबर छ ।
राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० दृखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ ।Related Articles
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.