Home » » लोग्ने मान्छे पनि रुन पाउनुपर्छः हमाल

लोग्ने मान्छे पनि रुन पाउनुपर्छः हमाल

अभिनेता राजेश हमालले लोग्ने मान्छे भएर प्रसस्त रुन पर्ने कुरा गरेका छन् । जो लोग्नेमान्छे रुँदैन त्यो नक्कलीपन हो भन्ने हमालले वास्तविक मर्दले रोएर आफ्नो भावना ब्यक्त गर्ने धारणा राखे । काठमाडौमा जारी एनसेल लिट्रेचर फेष्टिवलमा बोल्दै अभिनेता हमालले पर्दामा देेखाइने अंग प्रदर्शनको पक्षमा खुलेर कुरा गरे । पुरुष कलाकारको सिक्सप्याक्सलाई अन्यथा अर्थमा लिन नहुने बताए भने, महिला कलाकारले पनि रचनात्मक शैलिमा गरेको अंग प्रदर्शनको आलोचना गर्न नहुने बताए उनले । अघिल्लो वर्ष सोही ठाउँमा भएको सोही मेलामा जाँदा बिबाहलाई ढोंगी भनेका हमालले यसपालि बिबाहलाई ढोंगी त भनेनन् । तर, बंश धान्नका लागि गरिने बिबाहको कुनै अर्थ नरहने कुरा गरे । मधु भट्टराईसँग केही महिना अघि बिहे गरेका हमालले भने ‘मैले बुढेसकालको एक्लो पन भगाउन र बंश जोगाउन बिहे गरेको होईन ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger