Home » » सिन्धुपाल्चोकमा कृत्रिम ताल फुट्यो

सिन्धुपाल्चोकमा कृत्रिम ताल फुट्यो

 भदौ २२– सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीमा बनेको कृत्रिम ताल फुटेको छ । आइतबार एकाबिहानै ताल फुटेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार ताल बनेको पानी एकैपटक बग्दा सुनकोशी नदीमा बाढी आएजस्तै गरी ठूलो पानी बगेको छ । ताल फुट्दा मानवीय क्षती नभएको, तर भौतिक क्षती भने भएको प्रहरीले जनाएको छ । नेपाली सेनाले ताल फुटाउन प्रयोग गरेको गाडी बगाएको छ । तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहानको तुलनामा अहिले नदीमा पानीको सतह केही कम भएको छ । तर खतरा टरिनसकेको प्रहरीले जनाएको छ ।

Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger