Home » » दुर्घटनामा ३को मृत्यु

दुर्घटनामा ३को मृत्यु

                                                        
रुपन्देही— २९ भदौ, रुपन्देहीको सालझण्डी ४ सितलापुरमा आज बिहान टाटासुमो जीप पल्टिदा ३ जनाको मृत्यु भएको छ । प्युठानबाट बुटवल आउदै गरेको बा ९ च १८१२ नम्वरको टाटासुमो बिहान साढे १० बजे सालझण्डी सित्तलापुरमा पल्टिदा सुमोमा सवार तीन जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्युहुनेमा प्युठान बिजुवार ६ का ४५ बर्षीय सुर्य बहादुर बिकको घटनास्थलमा र प्युठानकै बादीकोट ३ का ४५ बर्षिय खिम बहादुर गिरी र २५ बर्षिय रोहन गिरीको उपचारका लागि बुटवल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सुमो पल्टिदा सुर्यकी श्रीमति रमा बिक गम्भिर घाइते हुनु भएको छ । घाइते बिकको बुटवलमा उपचार भइरहेको छ । तिब्र गतिमा रहेको सुमो पुर्वपश्चिम राजमार्ग किनारको रुखमा ठोक्किएर नजिकैको पोखरीमा पल्टिएको पनि प्रहरीले जनाएको छ । यसैबिच नवलपरासिको बर्दघाटमा गएराति ट्रकको ठक्कर बाट स्थानिय हिरा थापाको मूत्यु भएको छ।पुर्वबाट पस्चिम तर्फ आउदै गरेको ना २ ख ४९०३ नम्बरका ट्रकले राति ठक्करबाट  थापाको मृत्युभएका  हो ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger