
छ ।
शिक्षा मन्त्रालयले व्यवस्थापिका संसदमा पेस गरेको आठौ शिक्षा ऐन संशोधन विधेयकमा १ बैशाख २०८० पछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारको कुनै सेवामा प्रवेश गर्न नपाउने प्रावधान
राखिएको छ । संशोधित ऐनमा विद्यालय तहलाई दुई तहमा उल्लेख गरिने भएको राजधानी दैनिकमा खबर छ ।
कक्षा १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह उल्लेख गरिएको छ ।
सरकारले पूर्ण वा आंशिक स्वामित्व, अनुदान, नियन्त्रणमा रहेको कुनै पनि सार्वजनिक संस्थान, स्थानीय निकाय, शैक्षिक प्रतिष्ठान अथवा संगठित सेवामा रोजगारी तथा नियक्ति पाउन ८ कक्षा उत्तीर्ण नभए अयोग्य मानिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।