Home » » अभिनेता जीवन लुइँटेललाई ‘ठुली’ले पुर्‍यायो अमेरिका

अभिनेता जीवन लुइँटेललाई ‘ठुली’ले पुर्‍यायो अमेरिका

गत भदौ ६ मा प्रदशनमा आएको फिल्म ‘ठुली’ ले अभिनेता जीवल लुइँटेललाई अमेरिका पुर्‍यायो छ । फिल्मका निर्माता पुस्कर पन्तको निमन्त्रणामा अमेरिकामा हुने फिल्मको शोका लागि जीवन पहिलो पटक शुक्रबार राति अमेरिका उडेका हुन् । उनि अमेरिकाको भर्जिनिया राज्यमा आइतवार हुने फिल्मको शोमा सहभागी हुने र त्यहा रहेका नेपालीहरुको विभिन्न संघ सस्थाले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । जीवन करिब एक साता बस्ने खबर प्राप्त भएको छ । फिल्मको छायांकनको दौरान देखि नै अमेरिका लगायतका देशमा गरिने शोहरुमा गरिमा र जीवनलाई विदेश लैजाने निर्माण पक्षको सल्लाह अनुसार नै जीवनलाई अमेरिका लगिएको फिल्मका निर्देशक एभरेस्ट सुर्य बोहराले फिल्मीबजार डटकमलाई बताए । त्यस्तै ओभरसिज शो अन्तर्गत नै फिल्मका कार्यकारी निर्माता सुनिल बस्नेत अस्ट्रेलिया,लण्डन र कतारमा हुने शोमा सहभागी हुनेछन् भने तिहार पछी अभिनेत्री गरिमा पन्त पुन:अमेरिका कै अन्य शहरमा हुने शोका लागि अमेरिका उड्ने प्रबल सम्भावना रहेको पनि उनले बताए । दोस्रो साता पुरा गरी तेस्रो सातामा प्रवेश गरेको फिल्मले अत्यन्त सन्तोषजनक ब्यापार गरिरहेकोमा निर्माण पक्ष खुशी रहेको समेत उनले बताए ।’कोहिनुर’ ले एक क्षत्र राज गरिरहेको समयमा पनि डटेर प्रदशनमा आएको यो फिल्मले अन्य फिल्मको तुलनामा राम्रो ब्यापार गरेको अनुमान गर्न सकिन्छ । फिल्म रिलिजको पहिलो र दोस्रो साता सम्म पनि केहि सिनेमा घर हाउस फुल भएको निर्माण पक्षको जिकिर छ । तथापी फिल्मको ग्रस कलेक्सन अझै पनि सार्बजनिक गरिएको छैन । तर अब छिट्टै फिल्मको ग्रस वास्तविक रिपोर्ट सार्बजनिक गरिने निर्देशक बोहराले स्पस्ट पारे । ‘अरुले झैँ हावा तालमा समाचारको मसला बन्नको लागि हामीले यति ग्रस गर्‍यो उति कमायो भनेर मान्छे झुक्काउने काम हामी बाट हुदैंन त्यसर्थ नजर अन्दाजको भरमा ग्रस कलेक्सन नभनी वितरकले दिने वास्तविक ग्रस कलेक्सन सार्बजनिक गर्नमा ढिलाई भएको हो जुन अब छिट्टै सार्बजनिक गर्दैछौ,’ निर्देशक बोहराले भने । फिल्म ‘ठुली’ हाल देश भर २४ स्टेसनमा चलिरहेको र ‘कोहिनुर’का कारण मोफसलमा नपाएको सिनेमा घर पनि थपिने क्रममा रहेको छ ।

Read more at: http://filmybazar.com/2014/09/06/latest-news-thuli-10/ | Filmy Bazar in Nepal

Share this article :

Advertise

Filmy News Updates

Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger