
मिस नेपाल भएपछि गीत संगीतसँग सम्बन्धित कार्यक्रमको प्रस्तोत भएका माल्भिका अहिले अन्य सामाजिक काममा समेत सक्रिय छिन् ।
अभिनयप्रति रुची नभएको बताउँदा बताउँदै पनि नबीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौ’ मा अभिनय गरेकी माल्भिकाले केही म्युजिक भिडियोमा अभिनय गरिन् । उनको अभिनयको राम्रै प्रसंसा गर्छन दर्शकहरु ।
पछिल्लो समय वालवालिकाको क्षेत्रमा क्रियाशिल माल्भिकाले टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम ‘आईडियाज स्टुडियो’ रियालीटि शो संचालन गर्ने भएकी छिन् । ‘सोँचदेखि उद्योगसम्म’ भन्ने नारा अनुरुप बनाउन लागिएको कार्यक्रम १३ भागको हुने छ ।