२९ भदौ, प्रधानमन्त्री दैविप्रकोप उद्वार कोषमा आज मात्रै विभिन्न संघ
संस्थाहमरुले करिब १ करोड ५५ लाख रुपैया जम्मा गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा विभिन्न संघ
संस्थाबाट १ करोड ६५ लाख ७२ हजार ५ सय ३९ रुपैँया सहयोग गरेका हुन् । आज
नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक रतीशचन्द्रलाल सुमनले १
करोड रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको थियो । यसैगरी आजै राष्ट्रिय
बाणिज्य बैकका अध्यक्ष डा. रेवतबहादुर थापाले २५ लाख रुपैया जम्मा गर्नुभयो
। कोरिया बस्ने नेपालीहरुको तर्फबाट १३ लाख २५ हजार रुपैया प्रदान गरेका
छन् । माछापुच्छ्रे बैक लिमिटेडले १० लाख रुपैया, विमा समितिले ७ लाख ६७
हजार ५ सय रुपैया प्रभु ग्रुपले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया सहयोग गरेको छ
।
कृष्ण प्रणामी सेवा समिति नेपालले कोषमा ३ लाख रुपैया बेलायत बस्ने नेपालीहरुबाट १ लाख ५० हजार १ सय ८ रुपैया रकम कोषमा जम्मा भएको छ । त्यस्तै तमु धिं कास्की बगर तमु समाज पोखराका तर्फबाट १ लाख ५ हजार रुपैया केमिकल एण्ड मेडिकल सप्लाएर नेपालले १ लाख ५१ हजार कोरोना इन्टरनेशनल स्कूलले ५० हजार १ सय १ रुपैया र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पनि ४१ हजार ४ सय ९७ रुपैया प्रदान गरेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले केही समय पहिले मुलुकका विभिन्न भागमा आएको पहिरो र बाढी पीडितहरुका लागि सघाउन विभिन्न संघ संस्थाले गरेको सहयोगको दुरुपयोग नहुने प्रष्ट पार्नुभएको थियो ।